७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

मह काढ्ने क्रममा रुखबाट लडेर मृत्यु

टीकापुर– कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका ३३ वर्षे  हिरो बिष्टको आज माहुरीको मह काढ्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ।

उनको मोहन्याल गाउँपालिका–७ मा रहेको जंगलमा रुखबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज दिपेन्द्र केसीले जानकारी दिए। प्रहरीका अनुसार जंगली माहुरीले टोकेर रुखबाट लडेका बिष्टको टीकापुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार पाँच जनाको समूहमा जंगली माहुरीको मह काढ्न रुखमा चढेका उनलाई ओर्लिने क्रममा माहुरीले टोकेको थियो। उनको शव पोष्टमार्टका लागि टीकापुर अस्पतालमा राखिएको छ।

प्रकाशित: ३ श्रावण २०७६ १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App