मुगु – जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९, चिमाथगाउँको माथि पाटन लेकमा चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन्।
बिहीबार अपरान्ह ४ बजे पाटनमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा एक्कासि हावाहुरीसँगै पानी परेको र त्यसलगत्तै चट्याङ परेको स्थानीय अक्कलबहादुर बुढाले जानकारी दिए।
चिमाथ गाउँबाट पाँच घण्टाको पैदल यात्रापछि पुगिने बिसे दहमा स्थानीयले एक महिनाअघि भेडाबाख्रा पाल्न पाटनमा लगेका थिए।
प्रकाशित: २० असार २०७६ ०८:३६ शुक्रबार