१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रतिबन्धित डिजेबाजा पड्किँदा युवाको मृत्यु

महोत्तरी- प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ।

सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा विद्युत् चुहिएर विष्फोट हुँदा पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

मिथिलामा विवाहको विधिमै दुलहालाई बस्ती घुमाउने परम्परा छ । यसै क्रममा आज बिहान झिसमिसेपूर्व नै यो घटना भएको प्रहरीले जनाएको छ। विद्युत् चुहिएर रथबाट ढलेका पण्डितलाई तत्काल जनकपुर अञ्चल अस्पताल पु-याइएको थियो। चिकित्सकले त्यहाँ पण्डितलाइ मृत घोषित गरेका थिए।

घटनापश्चात डिजे बाजासहित विवाहमा आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्लामा २०६४ सालदेखि नै डिजेले ध्वनी प्रदूषणसँगै दुर्घटना बढाएको भन्दै यसको प्रयोगमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ। तर, डिजे प्रतिबन्धको प्रभावकारी अनुगमन र अनुशरण नगरिदा बर्सेनी यससँग जोडिएर दुःखद घटना हुँदै आएका छन्। रासस

प्रकाशित: १६ असार २०७६ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App