१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कार आरोपमा पक्राउ

सिरहा – कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो। जङ्गलमा घाँस काट्न गएको बेला हिजो बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

महरासहित चार–पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको पीडित बालिकाले बताएकी छन्। पक्राउ परेका महरामाथि जबर्जस्तीकरणी ऐनअन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहरा बताए।रासस
 

प्रकाशित: १० असार २०७६ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App