१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घट्यो एमआरआइ शुल्क

काठमाडौं – लामो समयदेखि रेडियोलोजी सेवा दिँदै आएको एमआरआई सेन्टर नक्सालले पहिले दिँदै आएको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । सेन्टरको २० औं वर्षमा पुगेको अवसरमा बिरामीलाई छुट दिने निर्णय गरेको सेन्टरले जनाएको छ । सोमबार सेन्टरले एक समारोहबीच सो जानकारी दिएको हो । जेठदेखि सुरु भएको छुट साउनभर जारी रहनेछ । यो अवधिमा लागत खर्च मात्र उठ्न सके सधैंका लागि सरकारी अस्पतालको शुल्कमा सेवा दिने योजना रहेको सेन्टरका नवीनबहादुर बस्नेतले बताए ।

छुट अवधिमा ११ हजार लाग्ने सेवा ७ हजारमा उपलब्ध छ । यसअघि सिटिसक्यानमा शुल्क ४ हजारदेखि १४ हजारसम्म शुल्क लाग्ने गरेकोमा हाल ३५ प्रतिशत छुट दिएर २ हजार ६ सय देखि ९ हजार रुपैयाँ कायम गरिएको छ । त्यसैगरी जाँच हेरी ८ देखि १ हजार रुपैयाँ पर्ने भिडियो एक्सरेमा ८ सय रुपैयाँ कायम गरेको छ । अन्य परीक्षणमा २० देखि ५० प्रतिशत छुट दिएको सेन्टरले जनाएको छ ।

छुट दिएको रकम सरकारी अस्पताल सरह कायम रहेको जनाए । ‘वीर अस्पतालमा एमआरइको ७ हजार पर्छ । हामीले पनि ७ हजार नै कायम गरेका छौं,’ अस्पतालका रेडियोलोजिस्ट डा. निर्मल न्यौपानेले भने । बस्नेतले सरकारले उपकरण खरिदमा कर तथा भन्सार छुट दिए सधैं सरकारी अस्पताल सरहकै शुल्कमा सेवा दिन सकिने बताए । सेवा लिन आउने बिरामीलाई ध्यानमा राखी सेवा जनमुखी बनाउन छुट कार्यक्रम ल्याएको उनले जनाए । ‘सिधै बिरामीलाई लाभ होस् भन्ने हेतुले छुट कार्यक्रम ल्याएका हौं । लागत खर्च मात्र उठे हामी यही शुल्कलाई निरन्तरता दिन्छौं,’ उनले भने ।

प्रकाशित: १० असार २०७६ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App