२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक फरार

काठमाडौं - रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। काठमाण्डौको बिजुलीबजारमा बिहीबार बिहान ४ बजेतिर बा ४१ प ५३६ नम्बरको मोटरसाइकल साइकलमा पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु गएको हो।

उनको उपचारको क्रममा बानेश्वरको एभ्रेष्ट अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनापछि साइकल चालक भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:३२ बिहीबार

मृत्यु दुर्घटना