१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जिप दुर्घटनामा चालकको मृत्यु, एक घाइते

पाल्पा–रम्भा गाउँपालिका–३, देउरालीमा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ। दुर्घटनामा चालक रम्भा गाउँपालिका–२, फोक्सिङकोटका ३० वर्षीय लाल बहादुर सिंजालीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बुधबार दिउँसो लु १ ज १७८६ नम्बरको जिप दुर्घटनामा घाइते भएका चालक सिंजालीको उपचारका क्रममा मृत्यु भएको हो। उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो। स्थानीय मलेङ भन्ने गाउँमा सामान छोडेर निस्कने क्रममा देउराली नजिकै मेन रोड निस्कनै लाग्दा जिप दुर्घटनामा परेको थियो। चालक लालबहादुर सिंजालीको बुधवार साँझ उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते देवबहादुर सिंजालीको अहिले लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेकोे रम्भा २ का वडा सदस्य दुर्गा थापाले बताए।

प्रकाशित: ५ वैशाख २०७६ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App