४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डाक्टर लोग्नेबाट कुटिएकी सुनीताको ज्यान गयाे

चिकित्सक पतिबाट कुटिएकी सुनीता यादव । तस्बिर : नागरिक

वीरगन्ज - वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सकको कुटाइबाट घाइते उनकी पत्नीको शुक्रबार निधन भएको छ। 

वीरगन्ज – २० हपतगन्जकी ४५ वर्षीया सुनीता यादवलाई उनका पति मधुमेह तथा थाइराइड रोग विशेषज्ञ सचितानन्द यादवले गत चैत ६ गते मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुँदै आएको थियो । यादवकी सुनीता जेठी पत्नी हुन्। डा. यादवले श्रीमती सुनीतामाथि कुटपिट गरेपछि घाइते उनलाई गण्डक अस्पताल लगिएको थियो। 

अवस्था चिन्ताजनक भएको भन्दै उनलाई डाक्टरहरुले सघन उपचार कक्षामा राखेर उपचार थालेका थिए। अवस्थामा सुधार नदेखिएपछि  चिकित्सककै सल्लाहमा गत मंगलबार थप उपचारका लागि काठमाडौं लगिएको थियो। ‘शुक्रबार साँझ ५ बजे टिचिङ अस्पतालका डाक्टरले मृत घोषणा गरेका छन्,’ मृतकका मामा नागेन्द्र यादवले भने। आइरन तताएर डाम्नुको साथै निर्घात कुटपिट गरेको, करेन्टको झट्का दिएको र बिजुलीको तारले करेन्ट लगाइएको मामा नागेन्द्रले आरोप लगाए। 

डाक्टर यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि थुनामा नराखी नारायाणी अस्पतालको बातानुकुलित आईसीयुमा बसाइएको भन्दै माइती पक्षकाले प्रहरीउपर आक्रोश व्यक्त गरेका छन्।

मृतक सुनीताका माइतीपक्षले पति सचितानन्द यादव, बुवा नागेन्द्र यादव, आमा आशादेवी र भाइ अचितानन्दविरुद्ध चैत १२ गते नै मुद्दा दर्ता गराएका थिए। ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। घटनापछि समाजिक कार्यकर्ताहरुले उचित कारवाहीका लागि दबाब दिए पनि प्रहरीले दोषीकै सेवा गरेको भन्दै आलोचना भएको छ। 

 

प्रकाशित: १५ चैत्र २०७५ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App