१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

सर्लाही – जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बागमती नगरपालिका–५ रामपुर निवासी राजन राउतकी पाँच वर्षीया छोरी रोजिनाको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको छ।

बागमतीबाट राजघाटतर्फ जाँदै गरेको ज१त ९२६७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भिर घाइते भएकी राउतको बरहथवास्थित एक स्वास्थ्य संस्थामा उपचार गर्दागर्दै शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत इन्दुशंकर चिनी उद्योगको गेटअगाडि ट्रकको ठक्करबाट लालबन्दी नगरपालिका–४ निवासी ७० वर्षीय प्रेम दाहालको मृत्यु भएको हो। हरिवन नगरपालिका–११ चिनी मिल गेटअगाडि ना६ख ६६८१ नम्वरको ट्रकले ठक्कर दिँदा सइकलमा यात्रा गरिरहेका दाहाल गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते दाहालको उपचारका क्रममा शनिबार राति वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै घटनाका सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७५ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App