१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अश्वघोषको स्वास्थ्यका लागि परित्राण पाठ

काठमाडौँ - थेरवाद बुद्धधर्मका भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोष महास्थवीरको शीघ्र स्वास्थलाभको कामना गर्दै भिक्षु तथा अनागरिका गउबलश्रहरूले बुधबार परित्राण पाठ गरेका छन्।

मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित ९३ वर्षीय भिक्षु अश्वघोष ग्राण्डी अस्पताल टोखामा उपचाररत छन्।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। पूर्व–सांसदसमेत रहेका अश्वघोषको स्वास्थ अवस्था बुझन् प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका, सांसद कृष्णगोपाल श्रेष्ठ र विना श्रेष्ठ, कामपा प्रमुख विद्यासुन्दर शाक्यलगायत गएका थिए। नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू स्वर्ण परेराले पनि भिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

भिक्षु तपस्सीधम्मका अनुसार अखिल भिक्षु महासंघको सल्लाहकार भिक्षु अश्वघोषले आठ दशकको अवधिमा बुद्ध–दर्शन र साहित्यको प्रवर्धनका लागि करिब एक सय ५० कृति रचना गरेका छन्।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App