बर्दिया – बर्दियाको बाँसगढी नगरपालिकामा पर्ने लक्षमणामा नवनिर्मित शिव मन्दिरको सोमबार उद्घाटन गरिएको छ । दुई वर्षअघि नागरिक दैनिकका संस्थापक स्वर्गीय हेमराज ज्ञवालीले शिलान्यास गरेको मन्दिर निर्माण पूरा भएपछि महाशिवरात्रि पर्वको अवसर पारेर उद्घाटन गरिएको हो ।
पूजापाठ गर्दै मन्दिरको उद्घाटन गरिएको मन्दिर समितिका अध्यक्ष रामगोपाल चौधरीले बताए । ५३ लाखको लागतमा निर्मित मन्दिरमा स्थानीय बासिन्दासमेत रहेका नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीको ४० लाख, पर्यटन बोर्डको १० लाख र स्थानीयको तीन लाख रुपैयाँसहित श्रम लगानी भएको छ । कलात्मक आँखी झ्याल र ढोकाले मन्दिर आकर्षक देखिएको छ ।
प्रकाशित: २१ फाल्गुन २०७५ ०३:०० मंगलबार