१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुडिरहेको ट्याक्टरमाथि पहिरो खस्दा चालक घाइते

डोल्पा– डोल्पाको करवगाड खदाङ्ग सडक खण्डमा पर्ने कुच्चिभीर नजिकै सडक माथिबाट खसेको पहिरोले एक ट्याक्टर चालक गम्भीर घाइते भएका छन्।

डोल्पाको खदाङ्ग हरियापनीबाट रुकुमको छरेबगरका तर्फ गइरहेको भे १ त ७८९३ को ट्याक्टर शुक्रबार साँझ ७ बजेतिर सडकमा गुडिरहेको बेला सडक माथिबाट खसेको पहिरोसंगै आएको ढुंगा लागेर आठबीसकोट नगरपालिका ४ का ट्याक्टर चालक गोपाल नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय करबगार्डले जनाएको छ।

खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका नेपालीलाई उपचारको लागि नेपालगन्जतर्फ लगिएको छ।

पहिरोसंगै झरेका ढुँगाले ट्रयाक्टरको अगाडि र पछाडिको भागमा क्षती पुगेको छ। त्यसैगरी संगै छुटेको अर्काे भे १ त १९५२ को ट्याक्टर पनि पहिरोमा फसेको तर चालकको अवस्था अज्ञात रहेको बताइएको छ। भर्खरै ट्रयाक खोलेर संचालनमा ल्याइएकाले जाजरकोट डोल्पा सडक खण्डका बिभिन्न ठाउँहरुमा पहिरो जाने क्रम जारी छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App