१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डा. केसीसँग गरेका सम्झौता पालना गर : चिकित्सक संघ

काठमाडौं- नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको १६ औं अनसनमा सरकारले कुनै चासो नदेखाएको भन्दै ध्यानाकर्षण गरेको छ। संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको बताएको छ।

प्रधानमन्त्रीको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा  प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपाल राष्ट्रको इज्जत र प्रतिष्ठामाथी नै आँच पुग्न गएको नेपाल चिकित्सक संघको ठहर गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली जनतालाई सर्व सुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि चिकित्सा शिक्षाका अभियन्तासँग सरकारले बारम्बार सम्झौता गर्ने, अनि सम्झौताको मसी सुक्न नपाउँदै सरकारकै तर्फबाट उल्लंघन गर्ने परिपाटीले सरकारको गरिमा र छवीमाथी गम्भिर शंका उत्पन्न गरेको विज्ञप्तिमा बताइएको छ।

नेपाल सरकारनै गैर जिम्मेवार रुपमा प्रस्तुत भएर सम्झौता विपरितका क्रियाकलापलाई नै बढवा दिदै जाने हो भने समाजका बुद्धिजीवि, नागरिक समाज, विद्यार्थीहरु, स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा सम्पूर्ण सर्व साधारण जनताको विश्वास र भरोसाको बाँध भत्किने संघको बुझाइछ।

सरकारले अबिलम्ब डा. गोविन्द केसीसँग गरेको सम्झौताको अक्षरस कार्यान्वयन गर्दै उनको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ। डा. केसीका माग पुरा नगरे चिकित्सक संघ कुनै पनि बेला अप्रिय कदम उठाउन बाध्य हुने चेतानवी दिएको छ।

प्रकाशित: ५ माघ २०७५ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App