१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीमा जलवायु अनुसन्धानः सुख्खा बन्दै हिमक्षेत्र

जुम्ला – कर्णालीमा जलवायु परिवर्तन, जलस्रोतमा परेको असरका बिषयमा अनुसन्धान  भएको छ। यहाँको कृषि बनस्पति, जलप्राप्ति र जीवनयापनमा प्रत्यक्ष असर पर्दै गईरहेको अनुसन्धानले देखाएकाे छ।

 जलवायु अनुसन्धानकर्ता जीवन पन्थी पछिल्लो समयमा हिमाली क्षेत्रका नदिनाला सुक्दै गईरहेको र हिँउ पर्ने क्रम पनि कम हुनै गएको बताउँछन्। जलवायु परिवर्तन र जलस्रोतमा परेको असरका बिषयमा जिल्ला समन्वय समिती जुम्लाले आयोजना गरेको कार्यक्रममा अनुसन्धानको नतिजा समेटिएको कार्यपत्र सार्वजनिक गरिएको थियो। 

उनले भने,“हिमालको हिउँ पग्लने क्रम बढ्दैछ, हिउँ पर्ने क्रम रोकिएको छ। सानातिना नदिनाला सुक्दै गईरहेका छन्। बढ्दो तापक्रमले जलमा परिवर्तन ल्याएको छ ।यसमा कर्णाली जलाधारमा पनि प्रत्यक्ष प्रभाव देखिन्छ्।’

जल तथा मौसम विज्ञान बिभाग र द स्माल अर्थ नेपालको साझेदारीमा अनुसन्धान भएको उनले बताए। द स्माल अर्थ नेपालका अनुसन्धान संयोजक प्युस दाहाल जलवायु परिवर्तनमा देखिएको असर न्युनिकरणका उपायका वारेमा अनुसन्धान थालिएको बताउँछन्। उनले भने, ‘जलवायु अनुकुलनका लागि हिँउ संकलन पोखरी र आकाशे पानी संकलनमा जोड दिदै आएका छौँ। पानीमा आधारीत अनुकुलनमा उपाय अवलम्वन गर्ने प्रयत्नमा जोड दिदै आएका छौँ।’

प्रति वर्ष ०.०२७ प्रतिशतले तापक्रम बृद्धि भईरहेको अहिले सम्मको अनुसान्धानले देखाएको छ।  अनुसन्धानकर्ता दाहाल भन्छन्, ‘जाडो मौसममा तापक्रम बढ्ने दर बढि छ। खडेरीको दर बढेको छ । कहिले बर्षा निकै कम हुने त कहिले निकै बढि बर्षा हुने  गरेको छ ।’ कर्णाली नदिमा चार वटा स्टेशन राखेर अनुसन्धान थालिएको छ। सन १९८१ देखि २०१५ सम्मको तथ्यांक अनुसार कर्णाली बेसिनमा बर्षा बढेको छैन। अनुसन्धानकर्ता दाहालले भने, ‘ठूला नदिमा पानीको बहाव घटेको देखिदैन, सानातिना नदि खोलामा पानीको बहाव घट्दै गईराखेको छ। बर्षा कमै परे पनि हिउँ पग्लेर ठूला नदिको बहाव नघटेको हो । उनले भने, ‘बर्षभरी हिउँ रहने क्षेत्र सुख्खा बन्दै गईराखेका छन्।’  

अनुसन्धानमा आकाशे पानी संकलनदेखि मोबाईल एप्लिकेसनसम्म प्रयोग गरिएको थियो । जुम्ला, सुर्खेत र दैलेख जिल्लामा केन्द्रविन्दु बनाएर अनुसन्धान गरिएको हो। ७ वटा जिल्लामा प्रत्यक्ष रुपमा पुगेर अनुसन्धान गरेर जलवायु परिवर्तनका कारण समुदायका जीवनयापनमा परेको असर र अनुकुलनका लागि अपनाईएका विधीका बारेमा बृत्तचित्र समेत बनाइएको छ । जनसंख्या वृद्धि वन फडानीले जलस्रोतमा असर परेको देखिन्छ। 

कर्णालीको जलवायु अनुकुलनका लागि पानीको वहुउपयोग विधी अपनाउने वारेमा समेत छलफल भएको छ। एउटै नदिबाट सिँचाई, माईक्रोहाईड्रो, सुधारीएको घट्ट, मिल र सरसफाईका क्रियाकलाप अनुकुल मिलाएर चल्ने गरी पानीको प्रयोग गर्न सकिने अनुसन्धानकर्ता बताउँछन्।

प्रकाशित: २७ पुस २०७५ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App