१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

क्रिस्चियन धर्मालम्बी नै भन्छन्, ‘जबरजस्ती धर्मपरिवर्तन गर्नु येशुको आर्दश विपरित’

म्याग्दी– धर्म जवरजस्ती परिवर्तन गर्नु क्रिश्चियन धर्मका संस्थापक येशुको आर्दश विपरित भएको म्याग्दीका क्रिश्चियन धर्मलम्बलीले बताएका छन्। केही स्वार्थी समूहले पवित्र धर्मलाई बदनाम गरी आर्थिक लाभका लागि धर्मकै बदनाम गरेको बताएका थिए। येशु ख्रीष्टको जन्मोत्सवको अवसरमा बेनीमा रहेको ओपिआई ग्रेस चर्चले आयोजना गरेको शुझकामना आदानप्रदान कार्यक्रममा पैसा तथा अन्य प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु नै अपराध भएको बताएका थिए। ‘ब्यक्तिगत इच्छाले नै यशुको मन्दिरमा प्रवेश गर्नुपर्छ, ‘उहाँले धनले होईन इच्छाशक्तीबाटै आउनुहुन्छ’ ओपिआई ग्रेस चर्च म्याग्दीका प्रमुख पिटर थापाले भने। उनका अनुसार म्याग्दीमा आफ्नो चर्चबाट आर्कषित गर्न एक रुपैयाँ पनि खर्च नगरिएको बताए। 

विश्वभर आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रुसमा चढेर मानव समुदायका लागि पु-याएको योगदानको सम्मान प्रलोभनबाट नहुने बताए। जिल्लाका ग्रामिण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकालाई आर्थिक तथा विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको घटना सार्वजनिक भइरहेको अवस्थामा थापाले यस्तो बताएका हुन्। बेनीबजारको गणेशटोलमा आयोजित कार्यक्रममा नक्कली किश्चियनले मात्रै धनको लोभमा धर्म परिवर्तन गराउने बताउँदै विश्वभर यशु अर्थात जिजस क्राइष्टको आर्दशप्रतिको लोकप्रियता बढ्दै गएको बताए। 

धर्मको नाममा ब्यापार तथा कमाउने गतिविधिमा संलग्नहरुलाई पहिचान गर्न समेत उनले अनुरोध गरे। चर्चमा स्थानीय तथा विभिन्न जिल्लाबाट आएका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। ओपिआई ग्रेस चर्चले विगतमा बेनी अस्पतालमा करिव ४० हजार बरारबको वासिङ मेसिन, बेनीबजार आसपासका क्षेत्रमा सरसफाई सहित विविध कार्यक्रम गरेको थियो। यसैबीच जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा क्रिसमसको अवसरमा बालविकास केन्द्रमा अध्ययरत विद्यार्थीलाई  ‘क्रिसमस ट्री’ लगायतका सजावट, खेलकुद, नृत्यले आर्कषित गरिएको थियो।  

प्रकाशित: १० पुस २०७५ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App