धनुषा - समाजमा दिनप्रतिदिन आपराधिक घटनाहरुमा वृद्धि आउन थालेपछि त्यसको न्यूनीकरणका लागि प्रदेश २ सरकारले 'हेलो सीएम' एप सार्वजनिक गरेको छ। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा आयोजित कार्यक्रममा एप सार्वजनिक गरेका हुन। एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले एपको सहायतामा अपराध न्यूनीकरणमा सहायता पुग्ने विश्वास व्यक्त गरे।
एप मार्फत घटनाबारे प्रहरीलाई सजिलै जानकारी गराउन सकिने एपका निर्माता आदित्य राजले बताए। उनले एपलाई मोबाइलमा डाउनलोड गरी अन गर्दै मोबाइल तीन पटक हल्लाएपछि नजिकै रहेको प्रहरी कार्यालयमा जानकारी पुग्ने र पीडितको लोकेशन समेत सजिलै ट्रेस गर्न सकिने बताए।
प्रकाशित: ११ कार्तिक २०७५ १०:४३ आइतबार