१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

भादगाउँ- बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ। धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ। 

ब्रह्मायणी र नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने मान्यताले अहिले देवीको दर्शन र पूजाका लागि भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका स्थानबाट भक्तजनको भीड लागेको छ। 

सुख, शान्ति, र मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले केही भक्तजनले आफ्नो घरदेखि ब्रह्मायणीसम्म घस्रेर आउने गर्दछन्। बिहानैदेखि भक्तपुरको टोलटोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजाका टोलीसमेत बह्मायणी मन्दिर पुगेका छन्। 

प्रकाशित: २ कार्तिक २०७५ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App