१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

शिक्षाविद् दाहालको निधन

काठमाडौं —शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ। 

एक कार्यक्रमका लागि अमेरिका गएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उनको परिवारले जनाएको छ । काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल त्यहाँ अध्यापनसमेत गथ्र्ये। 

निधनको कारणबारे त्यहाँ थप अध्ययन भइरहेको मंगलबार उनको परिवारलाई भेट्न पुगेर फर्किएका सो विश्वविद्यालयका शिक्षा सङ्कायका डीन डा महेशनाथ पराजुलीले जानकारी दिए। रामेछापको साँघुटारमा जन्मिएका उनले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरेका थिए। 

राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएपछि उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उनको शव अन्त्येष्टिका लागि नेपाल ल्याइनेछ। उनका श्रीमती र तीन छोरा छन्।  (रासस)

प्रकाशित: ३१ आश्विन २०७५ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App