१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध

खोटाङ– खोटाङमा प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित हेमगंगा आधारभुत बिद्यालयमा राहत कोटामा शिक्षक नियुक्तीका लागि सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र बाहिरिएको आक्षेप लागेपछि शिक्षक छनौट समितिले परीक्षा रद्ध गरेको हो। शिक्षक छनौटका लागि सञ्चालन गरिएको परीक्षा अन्तर्गत लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि प्रश्नपत्र बाहिरिएको हल्ला फैलिएकाले परीक्षा रद्ध गरिएको प्रअ रोहित कार्कीले बताए। 

गोपाल कार्की, कौशिला राई र ललित भुजेलको आबेदन परेको परिक्षामा कार्की र राईको नाम लिखित परीक्षामा निस्किएको थियो। परीक्षार्थी भुजेलले परिक्षार्थीको अघिल्लो दिन होटलमा अर्का परीक्षार्थीले नमुना प्रश्नपत्र हेरिरहेको भेटेको र तस्बिर खिचेर राखेकामा परीक्षामा सोही प्रश्नपत्र सोधिएको भन्दै आवाज उठाएपछि छनौट समितिले परीक्षा रद्ध गरेको जनाएको छ। बिद्यालयको प्राबि तहको राहत कोटामा शिक्षक नियुक्तीका लागि असोज २० गते सञ्चालन गरिएको परीक्षा रद्ध भएपछि दशैंपछि पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रअ रोहित कार्कीले बताए। उनले आफ्नो नाम ननिस्किएपछि गलत हल्ला फैलाइएको बताए। 

यसैबीच, खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित जिउ माबिमा कम्प्युटर शिक्षक छनौटका लागि तेस्रोपल्ट आवेदन आह्वान गरिएको छ। दुई पल्ट सूचना आह्वान गरेर परीक्षा सञ्चालन गर्दा कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएपछि तेस्रो पल्ट सूचना निकालिएको प्रअ तुलसीप्रसाद पोखरेलले बताए। गत भदौ ५ गते र असोज ६ गते आह्वान गरिएको सूचना अनुसार कम्प्युटर शिक्षकको परीक्षा सञ्चालन गर्दा सबै आवेदक अनुत्तीर्ण भएपछि पुनः असोज १४ गते अर्को परीक्षाका लागि सूचना आह्वान गरिएको विद्यालयले जनाएको छ। पहिलो र दोस्रो परीक्षामा २÷२ जना परीक्षार्थी सहभागी भएकामा तेस्रो परीक्षाका लागि ३ जनाको आवेदन परिसकेको प्रअ पोखरेलले बताए। 

बैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका अभिभावकसँगको सहकार्यमा कम्प्युटर जडान गरेपछि विद्यालयले कम्प्युटर शिक्षक नियुक्तीका लागि आवेदन खुलाएको हो। 

प्रकाशित: २२ आश्विन २०७५ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App