१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पूजालाई एभरेस्ट स्कुलको सहयोग

भक्तपुर – एभरेस्ट इङ्लिस स्कुल भक्तपुरका विद्यार्थीले म्याग्दीस्थित जामुनाखर्क माविको कक्षा ६ मा अध्ययनरत छात्रा पूजा खत्रीको पढाइका लागि ३५ हजार रुपैयाँ सहयोग गरेका छन्।

आर्थिक अभावका कारण पढाइ बन्द हुन लागेको समाचार नागरिक र रिपब्लिका दैनिकले छापेपछि दुःखी बनेका एभरेस्टका विद्यार्थीले सहयोग रकम संकलन गरी व्यवस्थापन समितिका अध्यक्ष रामगोपालर्य र संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलाई बुझाएका थिए।

सो रकम कर्माचार्य र राजभण्डारीले नागरिककर्मी कृष्ण किसीलाई चेकमार्फत हस्तान्तरण गरेका हुन् । सो चेक बुधबार पूजाको खातामा जम्मा गरिएको छ । गरिबीका कारण पढ्न नपाउने भएपछि आफूलाई स्कुलबाट निस्कासन गर्न स्कुल प्रिन्सिपललाई पूजाले लेखेको पत्रसहितको समाचार नागरिक र रिपब्लिकामा प्रकाशित भएको थियो।

प्रकाशित: ११ आश्विन २०७५ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App