१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दसैंकाे अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय

फाइल तस्विर

काठमाडाैं - शुक्रवार देखि हुने भनिएको दसैंको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको विहीवार बसेको बैठकले निरन्तर पेट्रोलिएम पदार्थको मुल्य मात्रै वृद्धि गरिएको र भाडा समायोजन नगरिएको भन्दै शुक्रवार देखि खुल्ने भनिएको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो।

महासंघका महासचिव सरोज सिटौलाले निरन्तरको मुल्य वृद्धि र उचीत भाडा समायोजन नहुँदा पुरानै दरमा गाडी सञ्चालन गर्न सम्भव नभएको बताए। सिटौलाले पेट्रोलिएम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने अथवा भाडा समायोजन गर्नु पर्ने बताए। आफुहरुका माग सम्बोधन नगर्दा सम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने व्यवसायीहरुले चेतावनी दिएका छन्।

नेपाल अायल निगमले केहि दिन अघि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मुल्य वृद्धि गरेकाे थियाे।

 

प्रकाशित: ४ आश्विन २०७५ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App