सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको जुगल गाउँपालिका गोल्चेमा निर्माणाधिन बलेठी खोला 'ए' जलविद्युत आयोजनामा काम गरिरहेको चालक सहितको एक ट्रिपर व्रह्मायणी नदीमा खस्दा चालक वेपत्ता भएका छन्। उक्त जलविद्युत आयोजनाको सुरुङमा निस्कीएको माटो फाल्ने क्रममा चिप्लीएर बा ४ ख ९५८० नं को ट्रिपर र त्यसका चालक सोहि गाउँपालिकाको गुम्बाका ३५ वर्षीय चाङ लामा वेपत्ता भएका प्रहरीले जानकारी दिएको छ।
हराइरहेका चालकको खोजी कार्य जारी रहेको तर हालसम्म फेला पार्न नसकीएको प्रहरीले बताएको छ।
प्रकाशित: ३० श्रावण २०७५ ०८:५० बुधबार