४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रातु छहरे खोलामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज

छहरे पुलमा फेला परेको कुकर बम । तस्बिरः महेशकुमार/नागरिक

महोत्तरी – पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिवास नजिकै रहेको रातु छहरे खोलाको पुलमा फेला परेको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ।

राजमार्गकै पुलमै राखेको कुकर बम स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको हो। बम डिस्पोज गर्ने क्रममा ठुलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन्। बम डिस्पोज गर्ने क्रममा झण्डै अढाई घण्टा राजमार्ग अवरुद्ध भएको थियो।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी नकुल पोख्रेलले बम कसले र किन राखेको भन्ने अहिलेसम्म नखुलको बताएका छन्। नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आफ्ना नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्दको आब्हान गरेकोले उनकै समूहले बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ। खहरे पुलमै कुकुरमा टेप टासेर तार जडित वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका थिए। 

यता महोत्तरीमा बन्दको प्रभाव सामान्य देखिएको छ। मुख्य राजमार्गमा बन्दको प्रभाव देखिएपनि जिल्लाको दक्षिणवर्ती क्षेत्रमा भने निर्वाधरुपमा यातायात लगायत बजार पूर्ववतरुपमा संचालनमा छन्। बन्दका कारण बर्दिवास क्षेत्र भएर चल्ने ठूला तथा सार्वजनिक यातायातका साधन भने कमै मात्र गुडेका छन्। 

प्रकाशित: २९ श्रावण २०७५ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App