१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गंगामायाँका छोरा नुरप्रसाद सानेपाबाट प्रहरी नियन्त्रणमा

काठमाडौं- गंगामाया अधिकारीका छोरा नुरु प्रसाद अधिकारीलाई सानेपाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। गंगामायाँले आफ्नो छोरालाई खोजिदिन महानगरीय प्रहरी महाशाखा काठमाडौंमा निवेदन दिएकि थिइन्।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनशन बसेकै क्रममा नुरप्रसादका पिता नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो। उनको दाहसंस्कार समेत भएको छैन। नुरप्रसाद लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्।

राष्ट्रिय मानव अधिकार आयोग र महानगरीय प्रहरी महाशाखा रोहवरमा उनकि आमा गंगामायाँसँग नुरप्रसादको भेट गराउने तयारी गरिएको छ।

गंगामायाँ छोरा कृष्णको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै लामो समय अनशन बस्दा पनि नुरप्रसाद भेट्न आएका थिएनन्। कृष्णको २०६१ साल जेठ २४ गते चितवनको रत्ननगरमा तत्कालिन माओवादीले हत्या गरेका थिए।

प्रकाशित: २० श्रावण २०७५ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App