१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी - अन्नपूर्ण गाउँपालिका- ३ दानाको तितरमा गएराती आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छ्याउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् ।

बेनी–जोमसोम–कोरला सडक निर्माणधीन अवस्थामा छ । सडक विस्तार जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ।

प्रकाशित: २७ असार २०७५ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App