१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

धादिङमा ट्रक र जीप जुध्दा आगलागी, ३ घाइते

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रक र स्कारपियो एकआपसमा ठोक्किँदा ट्रकमा आगो लागेको छ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८७७० नम्बरको सिमेन्ट बोकेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा १७ च १०९३ नम्बरको स्कारपियो ठोक्किएको थियो।

ट्रकको ट्याङकीबाट आगो सल्कन गई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरेका छन्।

दुर्घटनामा स्कारपियोमा सवार तीन जना घाइते भएका छन्। घाइतेहरुको महादेवबेसी पोलिक्निकमा उपचार भइरहेको छ। ट्रकका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित: २१ जेष्ठ २०७५ १५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App