१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बाटोमै सुरक्षित प्रसूति गराएकी चन्द्रिका पुरस्कृत

कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुर गुहेश्‍वरी टोलमा बच्चा जन्माउन सहयोग गरेकी प्रहरी जवान चन्द्रीका कुमारी देउवा पुरस्कृत भएकी छिन्।

उनलाई नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले पुरस्कृत गरेका हुन्।

यो पनि पढ्नुहोस्

प्रहरीको सहयोगमा महिलाले जन्माइन् बाटोमै बच्चा

सडकमा प्रसव पीडाले छटपटिएकी महिलालाई एक व्यक्तिको घरको आँगनमा ल्याई सुरक्षित तरीकाले प्रसूति गराई आमा र बच्चाको ज्यान जोगाइ नेपाल प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका खेलेको भन्दै देउवालाई पुरस्कृत गरिएको छ।

मङ्गलबार कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुर गुहेश्‍वरी टोलस्थित सडकमा छटपटाइरहेकी महिलालाई देउवाले प्रसूति गराएकी थिइन्।  

प्रकाशित: ७ जेष्ठ २०८२ १७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App