१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

छतबाट खसेर महिलाको मृत्यु

दमक- घरको छतबाट खसेर झापा दमकमा एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ गुरुङ रहेकी छिन्।

श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खसेकी हुन्। घरको छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
 

प्रकाशित: ७ वैशाख २०७५ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App