भाइ टीकाका दिन अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएकी पूर्व मुमा बडामहारानी रत्न राज्य लक्ष्मी शाहलाई हाइ केयरमा उपचार थालिएको छ।
उपचारका क्रममा उनलाई निमोनिया देखिएपछि हाइ कियर युनिटमा सारिएको हो।९७ वर्षिया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार साँझ नर्भिक अस्पताल लगिएको थियो। शाहको उपचारमा अस्पतालका कार्डियोलोजिस्ट डाक्टर यादव भट्टसहितको टोली खटिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ।
रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्।
प्रकाशित: २० कार्तिक २०८१ ११:४५ मंगलबार