४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तीज पर्वको रौनक टोल, छिमेक,समुदाय देखि कार्यालयसम्म

महिलाहरूको महान् पर्व हरितालिका तीज यस पटक भदौ २१ गते परेको छ। विगतमा घर परिवारमा मात्र सीमित रहेको तीज पर्व पछिल्लो  समय टोल, छिमेक, समुदाय हुँदै हरेक जातिका महिलाले मनाउन थालेका छन् । यसले केही हदसम्म नयाँ पुस्तामा आफ्नो धर्म संस्कृति जर्गेणा गर्नु पर्छ भन्ने सकारात्मक सोच जागेको छ ।

विगतमा तीजको एक दिन अगाडि मात्र दर खाले गरिन्थ्यो भने अहिले यसलाई तीज पर्वको केही दिन अघि देखिनै आफन्तले मात्र नभएर कार्यालय , टोल छिमेक र समुदायका पुरुषहरूले समेत महिलालाई सम्मान गर्दै हातेमालो गर्दै उत्साहपूर्वक महिलालाई दर खुवाउने गरेको पाइएको छ । 

यही सन्दर्भमा  रौनियार समुदायका पुरुषहरूले समेत महिलाको सम्मानमा तीजको दर कार्यक्रमको आयोजना गरी तीज मधेसी, पहाडी लगायत सबै समुदायको पर्व हो भन्ने साबित भएको छ। रौनियार संस्कृति पूजा समिति नेपालले आयोजना गरेको तिजको कार्यक्रममा महिलाहरु निकै रमाएका थिए । दर कार्यक्रममा सहभागीहरूले व्रतबारे आ आफ्नो धारणा राखेका थिए ।

प्रकाशित: १६ भाद्र २०८१ २१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App