४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरीमा डुबेर बालकको मृत्यु

उदयपुर सदरमुकाम गाईघाटको बरुवा बसपार्कस्थित पोखरीमा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर त्रियुगा ११ पिजीचोक गाईघाटका ७ वर्षीय रिचेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार त्रियुगा नगरपालिका १३ स्थित पूर्व–पश्चिम बरुवा बसपार्कछेउमा रहेको पोखरीमा विहान साथीहरुसँगै पौडी खेल्न गएका राई सोही पोखरीमा डुबेका थिए । साथीहरुसँगै पौडी खेल्न गएकोमा रिचेश डुबे पनि २ जना साथीहरु भने पोखरी बाहिर निस्कन सफल भएको स्थानीयले बताएका छन् ।  

मृतक राई स्थानीय विद्यालयमा कक्षा १ मा अध्ययरत थिए । घट्नास्थलको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव जिल्ला अस्पताल उदयपुरमा पोष्टर्माटमका लागि पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित: ११ भाद्र २०८१ १६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App