४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

टुँडिखेलमा आज पनि गौरा पर्व

सुदूरपश्चिमेलीबासीले गौरा पर्व राजधानीको टुँडिखेलमा आज पनि भव्यताका साथ मनाउँदै छन्। सोमबार गौरा पर्वको  प्रशंसा संरक्षण समूहले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको हो। गौरा पर्व आज पनि जारी रहने आयोजकले जनाएको छ। 

गौरा विशेष कार्यक्रमको प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले संयूक्त रूपमा दमाहा बजाउँदै उद्घाटन गरेका थिए।

कार्यक्रममा एमाले नेता भीम रावल, लेखराज भट्ट, उद्योग मन्त्री दामोदर भण्डारी, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, अख्तियार आयुक्त जयबहादुर चन्दलगायत सुदूरपश्चिमका नेताहरुको सहभागिता थियो। 

टुँडिखेलमा बर्षाका कारण कार्यक्रम प्रभावित भए पनि सुदुरपश्चिमबासीले रुझ्दै भिज्दै रौनकताका साथ गौरा पर्व मनाउँदैछन्। कार्यक्रममा विभिन्न महिला समूहले सुदुरपश्चिम र कर्णाली प्रदेशको भाका गाउँदै कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्छन्। 

गौरा (पार्वती) को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्ति प्राप्त हुने जनविश्वास छ। 

टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले नेताहरूको विरोधमा दलका नेताहरूका कारणले देशले दुःख पाएको भन्दै विरोधमा नारा लगाएका थिए।

कार्यक्रममा ‘वि वान्ट बालेन, वि वान्ट भीम रावलको नारा’ को नारा समेत लागेको थियो। प्रधानमन्त्री ओलीले सम्बोधन गर्दा युवाहरू बालेन बालेन भन्दै उत्तेजित भएका थिए। उक्त पर्वमा सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति रहेकाे छ। 

प्रकाशित: ११ भाद्र २०८१ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App