४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

११ शव भेटिए, सनाखत भएका ५ जनाको शव परिवारलाई जिम्मा लगाइयो

सिमलताल बस दुर्घटना

त्रिशूली नदीमा बस दुर्घटना हालसम्म पछि ११ जनाको शव फेला परेको छ। फेला परेका शव मध्ये पाँचजनाको सनाखत भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

६ जनाको पहिचान हुन् बाँकी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। पहिचान खुलेका मध्ये २ जना भारतीय नागरिक रहेका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर २८ र गैँडाकोट नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी किनारमा ८, पश्चिम नवलपरासीमा १ र सुस्ता नहरमा दुई जनाको शव भेटिएको हो।

भरतपुर अस्पतालमा सनाखत नभएका तीनजनाको शव राखिएको छ। त्यस्तै पश्चिम नवलपरासिमा भेटिएको १ र सुस्ता नहरमा भेटिएका २ वटा शवको पनि पहिचान हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए।

उनले हालसम्म सनाखत भएका शवहरू परिवारलाई जिम्मा लगाइसकिएको पनि बताए।

शुक्रवार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये तीनजना यात्रुले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए भने अनय यात्रु बससहित बेपत्ता छन्।

प्रकाशित: ३१ असार २०८१ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App