३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सालकको आखेटोपहार कारोबारी ११ वर्षपछि पक्राउ

संरक्षित वन्यजन्तु सालकको आखेटोपहार ओसारपसार मुद्दाका दोषी साबित भई फरार रहेका व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गोकर्णेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ स्थायी ठेगाना भई हाल गोकर्णेश्वर बस्ने ४४ वर्षीय टासी तामाङ रहेको सिआइबीले जनाएको छ। 

तामाङ २०७० सालमा गौरीशङ्कर संरक्षण क्षेत्रबाट सालकको आखेटोपहार ओसारपसार कसुरमा दोषी ठहरीएका थिए । २०७० मंसिर ८ गते गौरीशङ्कर संरक्षण क्षेत्रले उनलाई ५ वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवाना गरेको थियो। त्यसयता उनी फरार थिए। 

पक्राउपछि तामाङलाई सजाय भुक्तानीका लागि गौरीशङ्कर संरक्षण क्षेत्र कार्यालय दोलखा बुझाइएको सिआइबीले जनाएको छ।

प्रकाशित: ९ असार २०८१ १९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App