४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बस र कार ठोक्किंदा १७ जना घाइते

चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा– ०–०२९ च ३७२० नम्बरको कार चितवनको फिस्लिङमा ठोक्किँदा १७ जना घाइते भएका छन्।

कारमा सवार ५ जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। 

प्रकाशित: ३२ जेष्ठ २०८१ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App