१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिलो पटक मन्दिर प्रवेश गर्दा खुशी

डोल्पा – कर्णाली प्रदेशमा पर्नेे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने टाँके डाँडोमा अवस्थित प्रशिद्ध बालात्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा पहिलो पटक दलितहरूले सामूहिक रुपमा प्रवेश गरेका छन।

पौराणिक ग्रन्थ अनुसार वि.सं १११४ भन्दा अघि निमार्ण गरिएको डोल्पाको त्रिपुराकोट गाउँस्थित टाँके डाँडोमा रहेको मध्यपश्चिमकै प्रशिद्ध धार्मिक पीठ मानिने त्रिपुरासुन्दरी भगवती मन्दिरमा डोल्पाका दलितहरू झण्डै ९ सय ६० वर्ष पछि सामूहिक रुपमा मन्दिर प्रवेश गरेका हुन।

पटक पटक मन्दिर प्रवेशमा असफल हुँदै आएका डोल्पाका दलितहरू जातीय विभेद बिरुद्धको अभियानमा क्रियाशील संस्था डोल्पो दलित सशक्तीकरण केन्द्र,वातावरणीय कृषि तथा विकास केन्द्र (केड) र कर्णाली जनजीविका कार्यक्रम क्लेपको सहजिकरणमा केड नेपालका लिला टमटा अन्तरपार्टी महिला सन्जालकी नेतृ कालि चलाउने र दलित अगुवा मनबहादुर सार्कीको पहलमा डोल्पाका दलितहरूले लामो समय पछि सामूहिक मन्दिर प्रवेश गरेका हुन्।

गैर दलितहरूले मात्र प्रवेश पाउने गरेको डोल्पाको बालात्रिपुरासुन्दरी भगवती मन्दिरमा पहिलो पटक मन्दिर प्रवेश गरेर उपल्लो जातका मन्दिरका पुजारीबाट टीका अक्षता जलप्रसाद ग्रहण गर्न पाउदा दलित आन्दोलनको अभियानमा थप हौसला प्राप्त भएको केड नेपालका लिला टमटाले बताए। डोल्पामा अझै पनि ८० प्रतिशत भन्दा बढी छुवाछुतको अवस्था कायमै छ।

प्रकाशित: ९ चैत्र २०७४ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App