१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुर टहरो आगलागी: घाइते थप एकजनाको मृत्यु, २ को उपाचार जारी

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी थप एकजनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरीका परिवारका पाँच सदस्य घाइते भएका थिए। घाइतेमध्ये गिरीकी श्रीमति ३२ वर्षीया रुपा गिरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए।

घाइते भएका सबैजनालाई उपचारका लागि ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो। उपचारका लागि भर्ना भएको भोलिपल्ट नै सञ्जयका छोरीहरू ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो।

आगलागीमा परी घाइते भएका सञ्जयको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने उनका भतिज १५ वर्षीय नित गिरीको पनि उपचार भइरहेको छ।

प्रकाशित: ३१ वैशाख २०८१ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App