९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। 

जेठ १० गतेबाट यार्सा संकलन कार्य सुरु गर्ने निर्णय भए पनि लुकिछिपी यार्सा टिप्न पाटनतर्फ जाँदै गरेका ७४ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटेपछि पक्राउ गरेर जनही दुई हजारका दरले जरिवाना गरिएको से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए। 

उनका अनुसार अवैध बाटो प्रयोग गरी निकुञ्ज क्षेत्रमा यार्सा टिप्न जाने गरेका छन्। अधिकृत श्रेष्ठका अनुसार अनुमतिबिना कोही कसैलाई यार्सा टिप्न पाटनतर्फ जान नदिएको र लुकिछिपी जाने फेला परे पक्राउ गरी सम्झाइ बुझाइ गरी नियमबमोजिम दण्ड जरिवाना गरेर फिर्ता पठाउने गरिएको छ। 

यार्सा चोर्ने व्यक्तिलाई नियन्त्रण नगरे पछि अनुमति लिएर जाने संकलनकर्तालाई घाटा लाग्ने, दुःख हुने निकुञ्जले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App