२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जङ्गली च्याउ खादा ताप्लेजुङमा एक दम्पती बिरामी

जङ्गली च्याउ पकाएर खाएपछि ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ बोझका एक दम्पती बिरामी परेका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ६६ वर्षीय हर्कबहादुर तुम्बापो र उनकी ६५ वर्षीया   श्रीमती चन्द्रा तुम्बापो बिरामी परेका हुन्।

बिरामी परेकामध्ये मुटुमा समस्या समेत भएका कारण श्रीमान् हर्कबहादुरलाई ताप्लेजुङ जिल्ला अस्पतालबाट थप सुविधा सम्पन्न अस्पताल रिफर गरिएको छ भने श्रीमती चन्द्राको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार निज दम्पतीले उतिसको रुखमा उम्रिएको रातो जङ्गली च्याउ खाएको र बेलुका भात र दही खाएपछि पेट दुखेकोले घरेलु औषधि(बुढी ओखित) बनाई खाएपछि रिँगटा लाग्ने,वान्ता आउने र मुख समेत झमझम गर्ने समस्या देखिएको थियो। 

त्यसपछि उनीहरुलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा श्रीमान् हर्कबहादुरलाई मुटु समेतको थप समस्याका कारण ताप्लेजुङ जिल्ला बाहिर रिफर गरिएको अस्पतालका चिकित्सकहरूले बताएका छन्। 

प्रकाशित: १२ वैशाख २०८१ १७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App