१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हुम्ला कर्णालीमा र्याफ्टिङ सेवा सुरु (फोटो फिचर)

हुम्ला – पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले हुम्ला कर्णालीमा र्याफ्टिङ सेवा सुरु गरिएको छ। कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रालि कैलालीसँगको सहकार्यमा हुम्ला र्‍याफ्टिङ तथा जल यात्रा सेवाले शनिबारबाट र्याफ्टिङ सेवा सुरु गरेको हो।

हुम्लाकै प्रसिद्ध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको खार्पुनाथ शिब मन्दिरबाट याङ्चु कुनासम्म र्याफ्टिङ सेवा सुरु गरिएको छ। यसले खार्पुनाथको पर्यटन प्रर्बद्धनमा  टेवा पुग्ने विश्वास लिइएको छ। 

र्याफ्टिङ सेवाको उद्घाटन गर्दै हुम्लाका प्रमुुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले र्याफ्टिङ सेवालाई सुरक्षित तबरले नियमीत संचालन गरे बाह्य तथा आन्तरिक पर्यटकहरुको राम्रो आकर्षण हुने बताए। 

खार्पुनाथ गाऊपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले यस क्षेत्रको पर्यटन प्रर्बद्धनसँगै अन्य बिकासमा र्याफ्टिङले सहयोग पुग्ने बताए। 

कर्णालीको र्याफ्टिङ यात्रा अरू नदीको तुलनामा निकै आनन्ददायी र रोमाञ्चक भएकोले हुम्ला जिल्लाको पर्यटन प्रर्बद्धनको विकासका लागि सरोकारवाला निकायहरुले चासो देखाउन थालेको हुम्ला र्‍याफ्टिङ तथा साहसिक जल यात्राका मेनेजर बुद्धिराम बुढाले बताए। खार्पुनाथ शिब मन्दिरबाट याङ्चु कुनासम्म ३ किलोमिटर दुरीमा ५० मिनेटसम्म र्‍याफ्टिङबाट आनन्द लिन सकिने बुढाले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App