१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँगाउँमा सडक नाटकबाट सचेतना जगाउँदै प्रहरी

सडक नाटक मञ्चनमा सहभागी बाल कलाकार। तस्बिर : नागरिक

समाजमा भइरहेका बाल विवाह तथा सामाजिक सञ्जालसम्बन्धी सचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ। समाजमा भइरहेका बाल विवाह तथा सामाजिक सञ्जालसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रतिमा चोकमा सडक नाटक मञ्चन गरिएको हो।

पछिल्लो समय बाल विवाह तथा सामाजिक सञ्जालबाट भइरहेका घटना न्यूनीकरण गर्न सचेतनामूलक सडक नाटक मञ्चन गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख पोषण थापाले बताए।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बाल विवाह कानुनी अपराध भएकाले यसमा कमी ल्याउन सडक नाटकले सहयोग पुर्‍याउने बताए। उनले भने, ‘सामाजिक सञ्जाल प्रयोगका कारण समाजमा अहिले पनि विभिन्न घटना भइरहेका छन्। यसको न्यूनीकरणका लागि सडक नाटक उपयोगी भएकाले यसलाई विस्तार गर्न आवश्यक छ। यस्ता कार्यक्रमले समाजलाई राम्रो सन्देश दिन्छ।’

प्रहरीका अनुसार नाटकमा सानै उमेरमा विवाह गर्दा बालबालिका शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसामा पर्ने र स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने विषय समेटिएका छन्।

सडक नाटक युरोपियन युनियन, प्लान इन्टरनेसनल फेडो नेपाल, कालीकोटको आर्थिक सहयोग, कर्णाली हट बोर्डिङ स्कुलको सहकार्य तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा मञ्चन गरिएको हो।

पछिल्ला वर्षमा जिल्ला प्रहरी कार्यालय कालीकोटले विद्यालय र समुदायमा पुगेर विभिन्न माध्यमबाट जनचेतना पुर्‍याउँदै आएको छ। प्रहरीका अनुसार ट्राफिक सचेतनाका काम पनि हुँदै आएको छ।

प्रकाशित: १३ फाल्गुन २०८० १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App