धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६, जरेमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख २८६८ नम्बरको ग्रामीण यातयातको बस शुक्रबार बिहान सडकबाट खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए।
घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २५ फाल्गुन २०७४ ०५:५५ शुक्रबार