२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लार्केपास गर्न हिँडेका कोरियन नागरिक सम्पर्कविहिन

गोरखा – उत्तरी गोरखाको मनास्लु पदमार्गमा पर्ने सामागाउँबाट एक कोरियन नागरिक शुक्रबारदेखि हराइरहेका छन्। लार्केपास गर्न हिँडेका जोन्जमान सङ चुमनुब्री गाउँपालिका १ बाट सम्पर्कविहिन भएका हुन्। 

हिमालय फ्यामेली प्रालीबाट लार्केपास गर्न गाईड बासु थापासँग गएका उनी गाईडलाई खबर नगरी आफूखुसी हिँडेपछि सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले बताए। उनका अनुसार हराइसकेका कोरियन नागरिकको खोजी भइरहेपनि फेला परेका छैनन्। 

प्रकाशित: ५ फाल्गुन २०७४ १३:०६ शनिबार

लार्केपास गर्न हिँडेका कोरियन नागरिक सम्पर्कविहिन