१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो सुरु

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गरेका छन्।

उपराष्ट्रपति पुनले शुक्रबार भृकुटीमण्डप प्रदर्शनी कक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गदै हरेक शासकले  खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा देखाउनु भएको कामको उच्च प्रशंसा गरेका थिए।

उपराष्ट्रपति पुनले हजार शव्द भन्दा एउटा फोटोको महत्व सयौँ गुण वढि हुने बताउदै सत्य तथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु-याउनु भएको योग्दानको स्मरण गरे।

नेपाल फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको उक्त प्रदर्शनी पहिलो हो। प्रदर्शनीमा सञ्चार क्षेत्रसंग सम्वन्धित उपकरण स्टलमा समावेश गरिएका छन्। प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने भएको छ।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले सत्य र निष्ठाको अर्का नाम फोटो पत्रकारिता भएको बताए। त्यस्तै, नेकपा एमालेका सचिव एवं साँसद योगेश भट्टराईले फोटो पत्रकारसंग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने जानकारी दिए।

प्रकाशित: १९ माघ २०७४ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App