१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी सुत्केरी श्रीमतीको हत्या

सुरुङ्गा –  झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन्। 

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन्।

लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ। श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ७ माघ २०७४ ०४:५४ आइतबार

खुकुरी प्रहार गरी सुत्केरी श्रीमतीको हत्या