१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिकको उपहार स्कूटर प्रदान

ग्राहक योजनाअन्तर्गतको बम्पर उपहार स्कूटर हस्तान्तरण गर्दै उद्योगपति राउत। तस्विर: चुमन बस्नेत/नागरिक

विराटनगर– नेपाल रिपव्लिक मिडिया प्रालिले ग्राहक योजना अन्तर्गत बम्पर उपहारमा स्कूटर जितेकी झापा, विर्तामोडकी सेलिना खनाललाई प्रदान गरेको छ । प्रालिको क्षेत्रीय कार्यालय, विराटनगरमा आयोजना गरिएको एक समारोहमा खनाललाई स्कूटर हस्तान्तरण गरिएको हो । 

पूर्वाञ्चलका ग्राहकलाई लक्षित गरेर नेपाल रिपव्लिक मिडियाले लागु गरेको बार्षिक ग्राहक योजना अन्तर्गतको बम्पर उपहार खनालले प्राप्त गरेकी थिइन् । प्रदेश नम्बर १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं उद्योगपति राजेन्द्र राउतले खनाललाई स्कूटरको चावी हस्तान्तरण गरे । महिन्द्रा कम्पनीको एकसय २५ सिसिको गुस्टो स्कूटर बम्पर उपहारमा उनले प्राप्त गरेकी थिइन् । 

‘नागरिक दैनिकको समाचारको प्रस्तुती र पूर्वेली संस्करणले नेपाल रिपव्लिक मिडियाले सबैको मन जितेको छ,’ उद्योगपति राउतले भने, ‘ग्राहकलाई समेत उपहार प्रदान गरेर नागरिक दैनिकले अझ विश्वास आर्जन गरेको छ ।’ उपहार बिजेता ६ वर्षिया सेलिनाका बुवा निरज खनालले ग्राहक योजना आउँदा छोरीको नाममा ग्राहक बनेको र उपहार पाउने सोच्दै–नसोचेको बताउँदै उपहारमा स्कूटर परेको सुन्दा आश्चर्य र खुशी लागेको बताए । 

नेपाल रिपव्लिक मिडियाको बिर्तामोडस्थित बिक्रेता गौरी शंकर पुस्तक पसलका प्रोप्राइटर अर्जुन गिरीलाई प्रोत्साहन स्वरुप ३२ इन्चको एलइडी टेलिभिजन समेत उद्योगपति राउतले हस्तान्तरण गरे । नेपाल रिपव्लिक मिडिया क्षेत्रीय कार्यालयका सकूलेशन एजुकेटिभ तेजेन्द्र दाहालका अनुसार गिरीले ग्राहक योजना अन्तर्गत उत्कृष्ट एजेन्सी भएकाले उक्त प्रोत्साहन उपहार प्रदान गरिएको हो । उनले नेपाल रिपव्लिक मिडियाले पूर्वाञ्चलका ग्राहकहरुका लागि छिट्टै नयाँ ग्राहक योजना ल्याउने तयारी भइरहेको बताए । 

 

 

 

ग्राहक योजनाअन्तर्गतको बम्पर उपहार स्कूटर हस्तान्तरण गर्दै उद्योगपति राउत। तस्विर: चुमन बस्नेत/नागरिक
ग्राहक योजनाअन्तर्गतको बम्पर उपहार स्कूटर हस्तान्तरण गर्दै उद्योगपति राउत। तस्विर: चुमन बस्नेत/नागरिक
ग्राहक योजनाअन्तर्गतको बम्पर उपहार स्कूटर हस्तान्तरण गर्दै उद्योगपति राउत। तस्विर: चुमन बस्नेत/नागरिक
ग्राहक योजनाअन्तर्गतको बम्पर उपहार स्कूटर हस्तान्तरण गर्दै उद्योगपति राउत। तस्विर: चुमन बस्नेत/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App