मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई प्रदर्शन गर्न बल्खु चोकलाई तोकिदिएको हो।
मंसिर ७ गते राष्ट्रिय युवा संघ र प्रसाईं समूहले गर्ने भनिएको प्रदर्शन स्थल जुधेकाले प्रशासनले प्रसाईंलाई बल्खु चोक उपलब्ध गराएको हो।
युवा संघ नेपालले भने तीनकुनेमा प्रदर्शन गर्ने जनाइसकेको छ।
प्रकाशित: ५ मंसिर २०८० ०७:२२ मंगलबार