४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘नारायणगोपाल युवा संगीत’ पुरस्कार शिवाकोटी र जोजिजुलाई

काठमाडौँ– राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ। 

नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो। 

त्यसैगरी राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषले स्थापना गरेको ‘अरनिको युवा कला पुरस्कार’ कास्कीका नगेन सिंह र इलामका विष्णुप्रसाद श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय पनि गरेको छ। 

अरनिको युवा कला पुरस्कार छनोट समितिका अध्यक्ष ठाकुरप्रसाद मैनालीको अध्यक्षतामा शुक्रबार नै बसेको बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो। 

चालीस वर्ष ननाघेका युवा कलाकारलाई कोषले वर्षेनी नगद र स्वर्णपदकसहित ती दुवै पुरस्कार प्रदान गर्दै आएको छ। 

प्रकाशित: १ पुस २०७४ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App