४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

शहिद परिवारले गरे फुल खेती

अमर प्रहरी परिवारले वीरेन्द्रनगरमा लगाएको फुल खेती । तस्विर: गोविन्द केसी/नागरिक

सुर्खेतमा नेपाल प्रहरीको अमर शहिद तथा अशक्त प्रहरी परिवारले फुल खेती गरेका छन्।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उनीहरुले सामुहिक फुल खेती गरेका हुन्।

  नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको आर्थिक सहयोगमा १५ परिवारले फुल रोपेर बिक्रीका लागि तयार भएको हो। आयआर्जन तथा आर्थिक स्थिति वृद्धि गर्ने उद्देश्यले वीरेन्द्रनगर–५, चिसापानीमा रहेको कर्णाली प्रदेश प्रहरी गण सुर्खेतको झण्डै २२ कट्ठा क्षेत्रफलमा फूलखेती गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले बताए।  

   प्रहरी परिवारका लागि फूलखेती कार्यक्रमसहित नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले सामाजिक कल्याणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।फूलखेतीबाट १२ लाख आर्थिक आम्दानी हुने अनुमान गरिएको छ । आम्दानी १५ घरपरिवारले नै जीविकोपार्जनका लागि खर्च गर्नेछन्। खेर गइरहेको बाँझो जग्गामा यस्ता आयआर्जनमूलक खेती गरि अमर प्रहरीका परिवारलाई स्वरोजगार सिर्जना भई जीविकोपार्जनमा सहयोग हुने नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालले बताईन्।  

 नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले ३ लाख ५ हजार नगद अनुदान सहयोग गरेको थियो।फूलखेती कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आवश्यक सहयोग तथा सहजीकरण गरेको थियो।  

प्रकाशित: २४ कार्तिक २०८० १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App