४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पाकिस्तानका सिनेट अध्यक्षद्वारा दुःख व्यक्त

पाकिस्तानका सिनेट अध्यक्ष मोहम्मद सादिक संजरानीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष संजरानीले शनिबार एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका हुन्।

संजरानीले मृतक र घाइतेका परिवारजनमा पाकिस्तानी जनता र सरकारले दुःख व्यक्त गरेको बताए। अध्यक्षले भूकम्पमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यसैबीच, सिनेटका उपसभापति मिर्जा मोहम्मद अफ्रिदी, सिनेटमा सदनका नेता मोहम्मद इशाक दार र विपक्षी सिनेटका नेता डा शहजाद वासिमले पनि छुट्टाछुट्टै सन्देशमा यस दुःखद घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित: १९ कार्तिक २०८० ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App